जेठ ०७, २०८१, सोमबार
               

सांसद बोगटीलाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय सांसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

मंगलबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बोगटीले जानकारी दिएका छन् ।

ललितपुरमा उनी बस्ने टोलमा एक जनालाई कोरोना संक्रमण देखिएपछि उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा बसेका छन् ।

बोगाटी अछाम–२ बाट निर्वाचित सांसद हुन् ।

गत साउन १७ गते अछामबाट काठमाडौं फर्किएका उनी साउन २५ गतेसम्म संसदीय समितिको बैठकहरुमा सहभागी भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि