असोज ०५, २०८१, शनिबार
               

पहिराेले दैलेखमा २ जनाको मृत्यु, ६ जना घाइते

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले सात घर बगाएको छ । पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–४ का १२ वर्षीय जनक कठायत रहेका छन् । मृतकका बुबा ४२ वर्षीया टीका कठायत, आमा ४० वर्षीया धनसरा कठायत, दिदी १७ वर्षीया बेल कठायत, दाजु १५ वर्षीय शम्शेर कठायत घाइते भएको वडा नं ४ वडाध्यक्ष रमेश सिजापति बताए । उनले भने, “हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार गर्‍यौँ । एकजनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ । बेपत्ता हुनेमा दानबहादुर कठायतका११ वर्षीय छोरा लोकेश कठायत रहेका छन् । लोकेश पहिरोमै बेपत्ता भएको स्थानीयवासी बताउँछन् । पहिरोले सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन् ।

त्यसैगरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका–५ कट्टीमा पहिरोले घर पुरिँदा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मङ्गलबार नै रामघाट खोलामा आएको बाढी आठबिस नगरपालिका– १ रामघाटबजार पस्दा लाखौँ क्षति भएको रामघाट बजारका नैनबहादुर शाहीले बताए । उनले भने, “कर्णाली नदीमा पानी बहाब बढेपछि रामघाट खोलाको पानी राेकिएर बजार पस्दा लाखौँको सरसमान बगायो । बजारमा पानी पस्दा मान्छे सुरक्षित ठाउँमा भाग्न सफल भए ।”


कस्तो लाग्यो ?

यो पनि