असोज ०५, २०८१, शनिबार
               

गोली हानी हत्या आरोपमा एक वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

सिरहा । गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका-५ का लालकुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत २०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार थिए ।

उनीहरूको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकिछिपी बसेको अवस्थामा लालकुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि