असोज ०५, २०८१, शनिबार
               

दशगजा क्षेत्रबाट साढे ६ लाखसहित २ भारतीय महिला पक्राउ

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

रौतहट । स्राेत नखुलेकाे रकमसहित २ जना भारतीय महिला रौतहटबाट प्रकाउ परेका छन्  ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले गौर नगरपालिका-३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस आएकी भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पंचायत-१ सिन्दुरीयाका २ महिलाकाे साथबाट ६ लाख ४० हजार बरामद गरिएकाे हाे । 

भारतकाे सितामढीका शान्ति देवी र मिना देवीकाे साथबाट उक्त स्राेत नखुलेकाे रकम फेला परेकोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि