जेठ ०७, २०८१, सोमबार
               

मृतकको कोरोना रिपोर्ट पोजेटिभ

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । 

गएराति हेटौँडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए । 

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । 

हेटौँडा वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए । 

यसैबीच, हेटौँडामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।


कस्तो लाग्यो ?

यो पनि