जेठ ०४, २०८१, शुक्रबार
               

खोलाले बस्ती नै बगाएर अछाममा चारको मृत्यु, १७ जना बेपत्ता

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । भारी वर्षाको कारण खोलाले बस्ती नै बगाएर अछाम जिल्लामा चार जनाको मृत्यु भएको छ भने  १७ जना बेपत्ता भएका छन् ।

जिल्लाको रामारोशन– ३ सान्तडाको सैनी बजारको पूरै बस्ती बगाएर १७ जनाभन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मृत्यु भएका चार जनाको शव भेटिएको पनि प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मध्यरातमा आएको बाढीका कारण कैलाश खोलाले सैनी बजारका घर बगाएर १७ जना बेपत्ता भएको र चार जनाको शव फेला परेको हो । साथै, सो घटनामा ठूलो जनधनको क्षति भएको बताइको छ । यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि