जेठ ०६, २०८१, आइतबार
               

बुधबारदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू हुने भएकाे छ । राजधानीमा कोरोनाको संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा प्रमुखहरूको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हाे । 

मंगलबार सम्पन्न संयुक्त बैठकले बुधबाररातिदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

अत्यावश्यक सेवाका बाहेकका कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि