असोज ०५, २०८१, शनिबार
               

योग भवन उद्घाटनपछि साधक खुसी

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नारायण नगरपालिका–१ गणेशचोकमा ५० लाखको लागतमा योग भवन निर्माण भएको छ ।

सो  भवन प्रदेशसभा सदस्य अमरबहादुर थापाले मंगलबार उद्घाटन गरेका छन् । निर्वाचन क्षेत्र विकासअन्तर्गत प्राप्त रकमबाट सो भवन निर्माण गरिएको बताइएको छ ।

सो भवन उद्घान गर्दै प्रदेशसभा सदस्य थापाले योगले मानिसलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने बताउँदै जिल्लाका वृद्ध तथा युवालाई योग सिकेर राम्रो कर्ममा लाग्न आग्रह गरेका छन् ।

कोरोना कहरका  कारण निर्माण सम्पन्न नहुने हो कि भनी चिन्तित योग साधकहरु  योग भवनको उद्घाटनसँगै खुसी भएका छन् । 

मंगलबार भएको सो भवन उद्घाटनमा विभिन्न निकायसँग समन्वय गरी भवन निर्माण सम्पन्न गरिएको योगगुरु शङ्कर थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि