जेठ ०७, २०८१, सोमबार
               

नेपालमा एकैदिन थपिए एक हजारभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । 

मंगलबार एक हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ८५ जना डिस्चार्ज भएका छन् । 

योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

आज १३ हजार ४६१ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा हालसम्म पाँच लाख ८२ हजार ८६६ पिसिआर परीक्षण भएको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ११४ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि