असोज ०५, २०८१, शनिबार
               

सप्तरीमा एकै परिवारका आठ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सो नगरपालिका वडा नम्बर-९ हनुमाननगर बजार निवासी एकै परिवारका तीन महिलासहित आठ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि हुनमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले बताए । 

शाहले केही दिनअघि सोही परिवारका २८ वर्षीय एक पुरुषमा संक्रमण देखा परेको बताए ।

उनी किराना पसल व्यवसायी भएको बताइएको छ । 

उनकै कन्ट्याक ट्रेसिङको आधारमा परिवारका सदस्यको साउन २८ गते स्वाब संकलन गरी परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । 

मेयर साहका अनुसार संक्रमण पुष्टि हुनेमा ६५, ५५, ३८, ३६ र १० वर्षीय पुरुष तथा ५०, ३० र २४ वर्षीया महिला छन् । संक्रमण पुष्टि भएका सबै एकै परिवारका सदस्य भएकाले उनीहरुलाई होम आइसोलेसनमै राख्ने व्यवस्था गरेको मेयर साहले बताए ।


कस्तो लाग्यो ?

यो पनि