असोज ०५, २०८१, शनिबार
               

सशस्त्र प्रहरी बल उपरीक्षक दिग्विजयलाई जिम्मेवारीबाट हटाइयो

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बाराका सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल उपरीक्षक (एसपी) दिग्विजय सुवेदीलाई जिम्मेवारीबाट हटाइ सशस्त्र प्रहरी बल गण नम्बर–१२ बाराको इन्चार्जमा रविनराज कर्णजितलाई काज सरुवा गरिएको छ । 

सुवेदीलाई हटाउनुको कारणबारे नखुलाइए पनि आर्थिक अनियमितता गरेकै कारण उनलाई हटाइएको आशंका गरिएको छ ।  सोबारे सशस्त्र प्रहरी प्रवक्ता (डिआइजी) राजु आर्यालले पनि केही खुलाएनन् ।

सशस्त्र प्रहरी स्रोतका अनुसार गत माघमा बारा इन्चार्जको रुपमा सरुवा भएका सुवेदीमाथि आर्थिक अनियमिताको आरोप लागेको छ ।

तीन सय कामदार भातरबाट ल्याउन दिएबापत सुवेदीले प्रतिकामदार १५ सय कमिसन लिएको उनीमािथ आरोप छ । सो  आरोपबारे छानबिन भइरहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बताएको छ ।

यो पनि