जेठ ०७, २०८१, सोमबार
               

संक्रमितको सम्पर्कमा आएका सात जनाको रिपोर्ट पोजेटिभ

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काभ्रे । काभ्रेमा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अन्य सात जनामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय वृद्धको गएराति धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनी काठमाडौं नयाँबानेश्वरमा बस्दै आएका थिए । 

वृद्धको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा सात जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

ती वृद्धका दुई छोरा, दुई छोरी, एक बुहारी, एक नातिनी र एक जना आफन्तमा कोरोना संक्रमण पुष्टि भएको हो । 

मृतकका अर्का एक छोरा–बुहारीमा यसअघि नै कोरोना सक्रमण पुष्टि भइसकेको थियो ।

यसैबीच, धुलिखेल अस्पतालका थप ६ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ । 

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धुलिखेल नगरपालिकाले बजार क्षेत्र सिल गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि