जेठ ०७, २०८१, सोमबार
               

नेपालगन्जमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

नेपालगन्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको सोमवार राति ११ः४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । 

उनको फोक्सोमा निमोनिया भएको थियो । ती पुरुषलाई गत साउन ३० मा कोरोना लक्षण देखिएपछि परिवारका सदस्यले साउन ३२ मा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा गरेका थिए ।

कोरोनाको लक्षण देखिएपछि अस्पतालले पिसिआर जाँचका लागि स्वाब लिएको थियो । स्वाब लिएको दिनदेखि नै उनको स्वास्थ्यमा खराबी आएको थियो ।

सोमवार दिउँसो आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।                  

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।  


कस्तो लाग्यो ?

यो पनि