बैशाख २६, २०८१, बुधबार
               

पोखरामा थए एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । 

गत साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए । 

कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखिएको थियो ।

ती पुरुषमा मधुमेह, रक्तचापलगायत रोगको समस्या रहेको समेत अस्पतालले जनाएको छ । हालसम्म पश्चिमाञ्चल अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

यसअघि तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारका क्रममा गएराति ११:३५ बजे मृत्यु भएको थियाे । 

हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर तथा मुटुको समस्याले गत साउन ३१ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा राति ९ बजे नतिजा पोजिटिभ आएको थियो । 

त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएकामा आइसियूमा राखेर उपचार भइरहेको थियो । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि