बैशाख २६, २०८१, बुधबार
               

पाटन अस्पतालमा नवलपरासी कांग्रेस उपसभापतिको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।  

आज (मंगलबार) बिहान ३८ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।  

पश्चिम नवलपरासी रामग्राम नगरपालिका–२ स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति समेत थिए । 

प्रदेश ५ को प्रादेशिक अस्पताल भैरहवामा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । 

युनिभर्सल मेडिकल कलेज रुपन्देहीमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना पुष्टि भएको थियो ।

विरामीको स्वास्थ्यमा थप समस्या देखिएछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको हो ।

उनको शव व्यवस्थापनबारे छलफल भइरहेको अस्पतालले जनाएको छ ।   


कस्तो लाग्यो ?

यो पनि