बैशाख २६, २०८१, बुधबार
               

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु, चिकित्सक क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

पोखरा । पोखरामा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पोखराको कास्की सेवा अस्पतालमा उपचाररत तनहुँकी ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सुगर र प्रेसरको समस्याबाट ग्रसित महिला साउन ३२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

परिवारका सदस्यले थप उपचारका लागि काठमाडौं लैजाने भनेपछि अस्पतालले कोरोना परीक्षण गर्न सुझाव दिएको थियो । 

अस्पतालका अनुसार उनको आइतबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा आज बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

मृतक महिलामा कोरोना पुष्टि भएपछि उनको उपचारमा संग्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा बसेका छन् ।


कस्तो लाग्यो ?

यो पनि