बैशाख २६, २०८१, बुधबार
               

बानेश्वर बस्दै आएका कोरोना संक्रमित वृद्धको धुलिखेलमा मृत्यु

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । काभ्रेमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय वृद्धको मृत्यु भएको हो ।

धुलिखेल अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी काठमाडौं नयाँबानेश्वरमा बस्दै आएका थिए ।

पिसाब बन्द हुने समस्या देखिएपछि उनी उपचारको लागि धुलिखेल अस्पताल पुगेका थिए ।

उनको स्वाब संकलन गरी परीक्षण गर्दा गत २७ गते उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

धुलिखेल अस्पतालमा यसअघि सिन्धुपाल्चोककी कोरोना संक्रमित सुत्केरी (महिला) को भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि