बैशाख २४, २०८१, सोमबार
               

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको छ ।

मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको एक मन्त्रीले जानकारी दिए । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन ।

अध्यक्ष नभएपछि श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी तोकिएको थियो ।

उनी लामो सयमदेखि काउन्सिलको कार्यबाहक अध्यक्षमा रहेका थिए । अहिले सरकारले श्रेष्ठलाई दिएको जिम्मेवारी खोसेर भण्डारीलाई दिएको हो । श्रेष्ठ काउन्सिलको सदस्य कायम रहेका छन् ।

सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो ।


कस्तो लाग्यो ?

यो पनि