असोज ०५, २०८१, शनिबार
               

नेपालीकाे उद्धार रद्द गर्न सिसिएमसीको निर्देशन

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । काेरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले नेपालीकाे उद्धार उडान रद्द गर्न निर्देशन दिएको छ।

विदेशमा रहेका  नेपालीहरूको उद्धार स्थगित गर्न सिसिएमसीले दूतावासहरूलाई पत्राचारसमेत गरिसकेको छ। 

सिसिएमसीको पत्रपछि मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले सिसिएमसीको पत्राचार अनुसार अर्को सूचना जारी नहुँदासम्मका लागि सबै चार्टर्ड उडानहरु स्थगित भएको उल्लेख गरेका छन् । 

नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइन अभावकाे कारण देखाउदै सिसिएमसीले उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हाे । 


कस्तो लाग्यो ?

यो पनि