जेठ ०५, २०८१, शनिबार
               

मास्क लगाउन अनुराेध गर्ने ६ प्रहरीमाथि कुटपिट

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलबस्तुमा मास्क लगाउन अनुरोध गर्ने ६ प्रहरीमाथि कुटपिट भएकाे छ ।  लवनीमा मास्क लगाउन अनुरोध गर्दा प्रहरीहरू कुटिएका हुन् । 

प्रहरी चौकी लवनीका प्रहरी नायव निरीक्षकसहित ६ जनामाथि कुटपिट भएकाे हाे । घाइतेमध्ये ३ जना गम्भीर छन् । घाइते प्रहरीलाई उपचारको लागि क्रिमसन अस्पताल लगिएको छ ।

मास्क नलगाई साइकलमा आएका २ जनालाई प्रहरीले मास्क लगाएर चलाउन अनुरोध गरेका थिए । तर ती युवाले गाउँबाट अन्य युवा बोलाई एक्कासि प्रहरीमाथि लाठी र रड प्रहार गरेको थिए ।


कस्तो लाग्यो ?

यो पनि