जेठ ०६, २०८१, आइतबार
               

कोरोना कहरका कारण प्रसिद्ध इन्द्रजात्रा स्थगित

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण प्रसिद्ध इन्द्रजात्रा स्थगित भएको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ स्थानीय गुठी खलको संयुक्त बैठकले सोमबार सामान्य पूजाआजा गरी सो जात्रा मनाउने निर्णय गरी जात्रा स्थगित गर्ने निर्णय गरेका हुन् ।

यसका अलवा उनीहरूले भक्तपुरको नालास्थित लिंगो गुठी सामुदायिक वनबाट लिंगो नकाट्ने र लिंगो नउठाउने निर्णय पनि गरेका छन् । परम्परागत रुपमा भक्तपुरको नालास्थित लिंगो गुठी सामुदायिक वनबाट लिंगो काट्ने र लिंगो उठाउने चलन छ । 

इन्द्रजात्रा व्यवस्थापन समितिको अध्यक्ष गौतमरत्न शाक्यले कोरोनाका कारण यस वर्षको जात्रा स्थगित गरिएको बताए । ‘रथयात्रा, लिंगो उठाउनुपर्ने काम स्थगित भएको हो । परम्परागत पूजा विधि निरन्तर रहन्छ,’ उनले भने । 


कस्तो लाग्यो ?

यो पनि