मंसिर ०७, २०८१, शुक्रबार
               

एसईई नतिजा बोर्डद्वारा प्रमाणित

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । यस पटकाे एसईई परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रमाणित गरेकाे छ । 

यसपटक बोर्डले बनाएको मापदण्डका आधारमा सम्बन्धित विद्यालयले नै विद्यार्थीलाई अंक प्रदान गरेको छ । सो मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेकाे हाे  

विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयमै उपलब्ध छ । प्रमाणित भइसकेपछि मात्रै विद्यालयले सार्वजनिक गर्नेछन् । कक्षा १० मा देशभर ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन् ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्यांकन समितिले आन्तरिक मूल्यांकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा तयार गरेका हुन् । विद्यालयले पठाएको सोही नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेकाे हाे । 

विद्यालयले मापदण्ड पूरा गरेर आफ्नो विद्यालयको कोड एक्सेल फरम्याटमा विद्यार्थीको प्राप्ताङ्क लेखी मूल्याँकन समितिबाट प्रमाणित गराई गत असार २० गतेभित्र बुझाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि