असोज ०५, २०८१, शनिबार
               

कोभिड-१९ का कारण धनुषामा थप एकको निधन

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

जनकपुरधाम । कोरोना संक्रमणका कारण धनुषामा थप एक जनाको निधन भएको छ । 

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका ती पुरुषको सोही दिन स्वाब संकलन गरी परीक्षणका लागि पठाइए पनि साउन ३१ मात्गर रिपोर्ट आएको थियो । 

जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो । योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि