असोज ०५, २०८१, शनिबार
               

कोलम्बियामा सशस्त्र आक्रमणमा नौको मृत्यु

एजेन्सी
भदौ ०१, २०७७

ADVERTISEMENT

एजेन्सी । पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिएका हुन् ।  गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप देखिएको बताए ।

उनले आफ्नो ट्विट अकाउन्टमा भनेका छन्, ‘कोलम्बियाको सामानिगो नगरपालिकामा भएको पछिल्लो पटक आइतबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा नौजनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते भएका छन् ।’

उनले गएको दुई महिनायता त्यहाँ यस्तै हमला भएका र त्यसमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उनले सो क्षेत्रमा हिंसा मच्चाउने सशस्त्र समूहहरुको उपस्थिति रहेकोले त्यहाँ हिंसा जारी रहेको भन्दै आवश्यक कारबाहीका लागि कडा कदम उठाउन प्रहरीलाई भनिएको पनि बताए ।

तर, सो क्षेत्रमा कुन समूह र के उद्देश्यले त्यहाँ उपस्थित भएका हुन् र किन हिंसा मच्चाइरहेका छन् भन्नेबारेमा उनले केही बताएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि