जेठ ०९, २०८१, बुधबार
               

संवैधानिक अंगमा नियुक्ति अगाडि बढाउने प्रधानमन्त्री र देउवाबीच सहमति

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन् ।

सोमबार भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिबीच यस्तो सहमति भएको हो । 

दुई नेताबीच भएको भेटमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्न प्रस्तावपश्चात यसबारे छलफल गर्ने भन्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले बताए ।

राजनीतिक खिचातानीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक अंगमा पदपूर्ति हुन सकेको छैन ।

भेटमा कांग्रेस सभापति देउवाले सरकारसँग कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण र बाढी पहिरोमा प्रभावकारी नभएको गुनासो गरेका थिए । 

यो पनि