असोज ०५, २०८१, शनिबार
               

लागुऔषधसहित एक युवक पक्राउ

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

जाजरकोट । लागुऔषधसहित पक्राउ परेका एक युवकलाई दार्चुला प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागुऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका­-२ घर भई हाल महाकाली नगरपालिका ­४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बङ्गाबगड लास्कुखोला किनार हुँदै आएका ती युवकले बोकेको बोरा शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले जाँच गर्दा  लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

भूलका साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । सोधपुछका क्रममा भूलले प्रहरी जवान नरेन्द्र टेरमाथि नै आक्रमण गरेको एवं प्रहरी निरीक्षक जोशीले बताए । 

भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि मुद्दा दर्ताको तयारी भएको   छ । 

यसअघि बन्दाबन्दीका समयमा प्रहरीले दार्चुलामा तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि