असोज ०५, २०८१, शनिबार
               

‘तरकारी, फलफुल किन्दा र बेच्दा यस्ता कुरा ख्याल गरौँ’

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडाैं  । लकडाउन खुकुलो भएपछि कोरोनाको जोखिम झन् बढ्दै गएको छ । अबका दिन, हरेक मानिसले जुनसुकै क्षेत्रमा पनि सावधानी र सजगता अपनाउनुपर्ने देखिन्छ । 

अति आवश्यक काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन । बाहिर निस्कनै परेमा मास्क लगाउने, भौतिक दूरीको ख्याल गर्ने, बेलाबेला साबुनपानीले हात धुने या स्यानिटाइजर लगाउने गर्नुपर्छ । 

तरकारी र फलफुल बजारमा पनि कोरोना सङ्क्रमित भेटिन थालेकाले व्यापारी र ग्राहक दुवै सचेत हुनुपर्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारीको सुझाव यस्तो छ । 

१) भौतिक दूरी कायम गर्ने : तरकारी तथा फलफुल किन्न जाँदा, आउँदा जुनसुकै बेला भौतिक दूरी ख्याल गर्नुपर्छ । किन्ने ठाउँमा पनि भिडभाड गर्नु हुँदैन । तरकारी तथा फलफुल व्यापारीले डोरी टाँगेर वा घेरा लगाएर पनि दूरी कायम गर्नका लागि सहयोग गर्न सक्छन् । 

२) किन्ने र बेच्ने दुवैले  मास्क तथा पञ्जाको प्रयोग गर्ने ।

३) परिवारका एक जना मात्र किन्न जाने । मुटुका रोगी, दम, श्वासप्रश्वासको समस्या, मधुमेह, दीर्घरोगी र वृद्धवृद्धालाई सामान किन्न वा बेच्न नपठाउने । किन्न गएको ठाउँमा पनि कसैलाई यस्तो समस्या देखेमा नजिक नजाने । 

४) मानिसको भिड कम भएको ठाउँमा किन्ने । 

५) पैसा लिँदा र दिँदा विचार पुर्याउने । पैसा लिएपछि र दिएपछि हातमा स्यानिटाइजर लगाउने । 

६) अनुहार, आँखा र नाकमा जथाभाबी हातले नछुने । 

७) राम्रोसँग प्याकेजिङ गर्ने । 

८) खोक्दा र हाच्छ्यूँ गर्दा रुमाल तथा टिस्यु पेपरले मुख छोप्ने, नभए कुहिनाले छोप्ने  । 

९) जुनसुकै तरकारी तथा फलफुल किनेर लगिसकेपछि राम्रोसँग पखालेर मात्रै खाने ।
 


कस्तो लाग्यो ?

यो पनि