असोज ०५, २०८१, शनिबार
               

सेनाका सहायक रथीसहित ३ जना बर्खास्त

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।

सैनिक अदालतबाट सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला सुनाएको थियो ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक अदालतले उनीहरूलाई दोषी ठहर गर्दै बर्खास्त गरेकाे हाे ।

समरी  जनरल सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने फैसला गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि