असोज ०५, २०८१, शनिबार
               

परम्परागत चित्रकार प्रेममानको निधन

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको  निधन भएको छ ।

चित्रकारको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो। नेसनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उनको आइतबार अपराह्न १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उनको निधनप्रति आइतबार एक शोक वक्तव्य जारी गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ । साथै, प्रतिष्ठानले उनीप्रति श्रद्धञ्जली अर्पण गरेको छ ।

वक्तव्यमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्तिको कामनासहित समवेदना प्रकट गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि