असोज ०५, २०८१, शनिबार
               

खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

अछाम । खोलाले बगाएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पञ्‍चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहराकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  खाेला तर्ने क्रममा खाेलाले बगाएर शनिबार साँझ उनीहरूकाे मृत्यु भएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि