बैशाख २७, २०८१, बिहीबार
               

ओलम्पिक कमिटी कार्यालयका दुई जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो ।  

कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण गरिएको हो । 

सोक्रममा दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । कमिटीले आठ जनाको पिसिआर परीक्षण गरेको थियो । कोरोना देखिएपछि कमिटीको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको श्रेष्ठले जानकारी दिए ।  

कर्मचारीमा कोरोना देखिएपछि कमिटीका सबै पदाधिकारीको समेत कोरोना परीक्षण गर्न लागिएको बताइएको छ । 

परीक्षण गरिएका दुई जनाको रिपोर्ट आउन बाँकी छ । यस्तै दुई कर्मचारीको पुनः परीक्षण गर्नुपर्ने देखिएको कमिटीले जनाएको छ । 

उनीहरु दुवै कमिटीको कार्यालयमा कार्यरत चौकीदार हुन् । 

सातदोबाटोको अन्तरराष्ट्रिय खेलकूद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि आफ्नो कार्यालय बन्द गरेको छ । 

एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएपछि एन्फाले कार्यालय बन्द गरेको प्रवक्ता किरण राईले बताए । 


कस्तो लाग्यो ?

यो पनि