असोज ०५, २०८१, शनिबार
               

आइतबार थपिए ६४१ जना संक्रमित

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । त्यस्तै आज काेराेना जितेर घर फर्किनेकाे संख्या १७ हजार ३३५ जना छन् । साथै आइतबार १२ हजार २४७ जनाकाे परीक्षण गरिएकाे छ भने हालसम्म ५ लाख १७ हजार ९०७ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ ।

 


कस्तो लाग्यो ?

यो पनि