असोज ०५, २०८१, शनिबार
               

न्युरोड क्षेत्रका पसल दुई दिन बन्द

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौंको व्यापारिक केन्द्रका रुपमा रहेको न्युरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द गिरने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पुरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।

खिचापोखरी, गुच्चा टोल, ओटु लगायतका क्षेत्रमा सात जनामा कोरोना संक्रमण देखिइसकेको छ । 

सात जना संक्रमित देखिएपछि वडा समितिले स्थानीय क्लब र व्यावसायीहरूसँग छलफल गरी कडाइ गर्ने निर्णय गरेको हो ।

व्यावसायी र सेल्स एजेन्टहरूको कोभिड–१९ परीक्षणको तयारी भइरहेको समेत वडाध्यक्ष महर्जनले जानकारी दिए । उनले भने, ‘व्यावसायीहरूमा संक्रमण देखिइसकेको त छैन तर बेलैमा कडाइ गर्दा सबैलाई राम्रो हुन्छ भनेर यस्तो निर्णय गरेका हौं ।’

विक्रेता र ग्राहकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, पसलमा एउटा भन्दा बढी काउन्टर प्रयोग खोल्न नपाइने र प्रत्येक पसलमा सामाजिक दुरी कायम हुने वातावरण बनाउनु पर्ने महर्जन बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि