बैशाख २७, २०८१, बिहीबार
               

निगमका १० कर्मचारीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीमा रहेको नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

निगमको भलबारीस्थित प्रादेशिक डिपोका तीन जना, भैरहवास्थित पेट्रोल पम्पका तीन जना र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका चार जनामा कोरोना संक्रमण पुष्टि हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

डिपोका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विमानस्थलको हवाई इन्धन डिपो शुक्रबारदेखि सिल गरिएको छ ।

त्यस्तै भैरहवाको पेट्रोल पम्प र भलबारी डिपोबाट हुँदै आएका सबै काम बन्द भएको प्रादेशिक डिपो कार्यालय भलबारीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि