असोज ०५, २०८१, शनिबार
               

तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

तीन दिनअघि ४३ वर्षीय ती पुरुषको मृत्यु भएको थियो । उनको मृत्युपश्चात अस्पतालमै स्वाब संकलन गरिएको थियो । मृतकको शव मृत्यु भएकै दिन परिवारजनलाई जिम्मा लगाइएको थियो । उनको शवलाई सोही दिन परिवारजनले अन्त्यष्टि गरेको छ । 

ज्वरो र रुघाखोकीबाट पीडित उनलाई उपचारका लागि सो अस्पताल लगिएको थियो । मृतक ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै धनुषामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि