असोज ०५, २०८१, शनिबार
               

बुटवलमा थप १६ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

बुटवलमा एकैदिन  थप १६ जनामा कोरोना संक्रमण देखिएकाे छ । बुटवल उपमहानगरपालिकाका ३ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए ।

आइतबारसम्म उपमहानगरमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ । उपमहानगरमा अहिले कन्ट्याक्ट ट्रेसिङ र समुदायमा परीक्षणको काम भइरहेको छ ।

अनिश्चितकालीन सेवा बन्द

बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै (आजदेखि) अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । 

उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि