बैशाख २७, २०८१, बिहीबार
               

चितवन प्रहरीका तीन जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा थप तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप तीन जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित तीन जनामध्ये दुई जना प्रहरी हवल्दार र एक जना जवान रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए । 

इलाका प्रहरी कार्यलय रामनगर र लोथरमा कार्यरत प्रहरी हवल्दारमा तथा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण देखिएको हो ।

थापाका अनुसार संक्रमित तिनै जना बिदाबाट फर्किएर क्वारेन्टाइनमा बसेका छन् ।

क्वारेन्टाइनबाटै उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । 

रामनगरका प्रहरी हवल्दार विदामा बारा जिल्ला गएर फर्किएका थिए भने लोथरका संक्रमित प्रहरी हवल्दार पर्सा जिल्लाबाट फर्किएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि