असोज ०५, २०८१, शनिबार
               

तनहुँ ब्यास नगरपालिकामा एकै परिवारका पाँच जना संक्रमित

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । तनहुँमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास नगरपालिका– १ का  प्रहरी दम्पत्तिको घरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुने परिवार प्रहरीको परिवार हो । संक्रमित श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत छन्।

महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको थियो । 

प्रहरी दम्पत्तिकी आमाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि परिवारका अन्य सदस्यमा परीक्षण गर्दा  कोरोना संक्रमण पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि