बैशाख २९, २०८१, शनिबार
               

कारोबार नहुँदा मारमा परेको सुनचाँदी व्यवसायीको भनाइ

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनचाँदी व्यवसायीले कारोबार नहुँदा आफूहरु मारमा परेको बताएका छन् ।

उनीहरु कोरोनाका कारण सुनचाँदी कारोबार नहुँदा आफूहरु मार मापरेको बताउँछन् । व्यसायीका अनुसार हाल चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोबार ठप्प भएको छ । 

व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको सुनचाँदी व्यवसायी संघ प्रदेश ५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले बताए । यसका अलवा चाड नजिकिए पनि दिनप्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक १० प्रतिशत मात्र हुने गरेको बताए । 

दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने गरेको व्यवसायीको भनाइ छ । यस वर्ष कोरोनाको त्रास र मूल्य वृद्धिले गर्दा व्यापार विगतका वर्षजति हुन नसकेको उनले बताए । 

सुनचाँदी व्यवसायी सङ्घ तुलसीपुरका अध्यक्ष मदन केसीका अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून हुने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि