बैशाख २७, २०८१, बिहीबार
               

जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान

नेपाल फ्ल्यास
साउन ३२, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

महोत्तरी । कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ ।

प्रदेश २ मा कोरोना संक्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कोभिड अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा हाल ४२ जना कोरोना संक्रमित उपचाररत रहेका छन् भने चार-पाँच जनामा मात्रै कोरोनाको लक्षण देखिएको छ ।

संक्रमित सबैको अवस्था सामान्य रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि