बैशाख २७, २०८१, बिहीबार
               

दुई डिआइजीलाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डिआइजी) मा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार, महाराजगन्जमा रहेको नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई जना डिआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

यसैबीच, हालसम्म प्रहरी अस्पतालमा कार्यरत ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

हाल प्रहरी प्रधान कार्यालय र हेक्वाटर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

पछिल्लो समय प्रहरीका कर्मचरीमा कोरोना संक्रमण बढिरहेको छ ।

हाल प्रहरी अधिकारीको पिसिआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि