बैशाख २७, २०८१, बिहीबार
               

विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगर महानगरपालिकामा आइतबार बिहान थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार ३० जना पुरुष र १९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाले जनाएको छ । 

संक्रमित हुनेहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन् ।

साउन २७ र २८ गते स्वाब संकलन गरिएको स्वाब परीक्षण गर्दा ४३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

विराटनगर वडा नम्बर–२ मा चार, वडा नम्बर–३ मा ६, वडा नम्बर–४ मा तीन, वडा नम्बर–५ मा चार, वडा नम्बर–६ मा सात, वडा नम्बर–८ मा एक र वडा नम्बर–९, ११ र १५ मा ६–६ जना संक्रमित थपिएका हुन् ।

यससँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि