असोज ०५, २०८१, शनिबार
               

भारत हिँडेका नौ जनाबाट रकम असुलेको आरोपमा एक पक्राउ

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

कैलाली । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको बताईएको छ । 


कस्तो लाग्यो ?

यो पनि