बैशाख २७, २०८१, बिहीबार
               

अस्पतालका कर्मचारी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्सा र बारामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ४७ जनामध्ये १० जना महिला छन् । संक्रमति हुनेहरुमा स्वास्थ्यकर्मी र पत्रकारसमेत छन् ।

वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ७ जना, पर्साको पोखरिया नगरपालिकामा १२ जना, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

अस्पतालका सात कर्मचारी संक्रमित

नारायणी अस्पतालको गाईने वार्डमा कार्यरत ३० र ३२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सामाजिक सुरक्षा शाखामा कार्यरत वीरगञ्ज श्रीपुरकी २५ वर्षीया र वीरगञ्ज–१६ इनर्वाका २५ वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

वीरगञ्ज–१० का ३२ वर्षीया महिला, पेड्रियाटिक वार्डका कर्मचारी २८ वर्षीया महिला र काउन्टरमा कार्यरत वीरगञ्ज–श्रीपुरका ५१ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको पोखरीया नगरपालिकामा मात्रै १२ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि