असोज ०५, २०८१, शनिबार
               

मोटरसाइकलसहित नदीमा खसेर एकको मृत्यु, एक बेपत्ता

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकलसहित खसेर दाङमा गए राति एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा एक बेपत्ता भएका छन् ।

लु ५७ प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

सो घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् ।

बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि