असोज ०५, २०८१, शनिबार
               

महिला वडा सदस्यलाई गाली बेइज्जत गर्ने पक्राउ

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

घर आँगनमै बसिरहेको बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए । अपशब्द प्रयोग गरी हातपातको प्रयास गर्नेमध्येका २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए ।

अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको उनले बताए । रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बुझिएको छ । प्रहरी निरीक्षक धामीले भने, ‘गालीगलौज गरी अभद्र व्यवहार गर्नेमाथि कानून अनुसार कारवाही हुन्छ ।’


कस्तो लाग्यो ?

यो पनि