जेठ ०५, २०८१, शनिबार
               

श्रीमतीको हत्या गरेकाे अभियोगमा श्रीमान‍् पक्राउ

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

बारा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा सुकुलेले श्रीमती निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान भइरहेकाे जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि