असोज ०५, २०८१, शनिबार
               

बेपत्ता बालकको शव फेला

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । झिमरुक– प्युठानका माडीखोलामा खस्दा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ ।

गत साउन २४ गते साइकलसँगै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी १० वर्षीय विपीन गौतमको शव आज बिहान फेला परेको हो ।

शव प्युठान नगरपालिका–१ को झिम्टीबगरस्थित माडीखोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

सोही ठाउँका ११ वर्षीय बालक सञ्जोक पार्धे भने अझै फेला परेका छैनन् । शनिबार भेटिएको गौतमको शवलाई परिवारको जिम्मा लगाउने प्रहरी निरीक्षक पौडेलले बताए ।


कस्तो लाग्यो ?

यो पनि