असोज ०५, २०८१, शनिबार
               

टिपरले ठक्कर दिँदा एक बालकको निधन

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । गोरूसि‌ंगे–सन्धिखर्क सडकखण्डमा अर्घाखाँचीको शीतगंग–२ राजुबास झोलुङ्गे पुलनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

कपिलवस्तु गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना. ८ख ६६९८ नंको टिप्परले लु. ३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का अभिषेक थापाको मृत्यु भएको हो । 

प्रहरीले सो टिपरलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चारजना सवार थिए । 


कस्तो लाग्यो ?

यो पनि