असोज ०५, २०८१, शनिबार
               

लिदी पहिरो अपडेट : मृतको सङ्ख्या १६ पुग्यो

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ भने बेपत्ता हुनेहरुको खोजी कार्य भइरहेको छ । लादीमा शुक्रबार पहिरो गएको थियो । पहिरोबाट प्रभावित १७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने भएको छ । 

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी अझै २३ जना बेपत्ता छन् । लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललले जानकारी दिए । सो घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेका छन् । 

शुक्रबार गएको पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि